बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

शुक्रबार, फाल्गुन ४ २०७४

सिन्धुपाल्चोक फागुन, ४–
सिन्धुपाल्चोकमा ट्रक दुर्घना हुँदा तीन जनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको  मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

बाह्रबिसे–कोदारी सडकखण्डको बोर्डल्याण्ड नजिकै ट्रक दुर्घटनामा  ट्रक चालक बाह्रबिसे नगरपालिका–८ निबासी शेखर अधिकारी, सोही वडाका सुब्बा अधिकारी र कमल अधिकारीको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जानकारी गराएको छ । ट्रक सडकबाट १६० मिटर तल भोटेकोसी नदीमा खसेको छ ।