बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फागुन ३ गते प्रदेश ४ मा सभामुखको निर्वाचन तय

सोमबार, माघ २२ २०७४

काठमाडौं माघ, २२–
आज बसेको प्रदेश ४ को प्रदेशसभा बैठकले आउदो  फागुन ३ गते सभामुखको  निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो । प्रदेश ४ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ ।