बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आइएमई लाईफको अभिमूखीकरण तालिम सम्पन्न

शुक्रबार, माघ १९ २०७४

काठमाडौ माघ, १९–
आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले अभिमुुखीकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले यही माघ १५ गते देखि १७ गतेसम्म चितवनको सौराहामा शाखा तथा अभिर्कताहरुको लागि आयोजना गरेको तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । 
कार्यक्रममा  सञ्चालनमा आएका ४० भन्दा बढी शाखाका प्रदेश प्रमुख, शाखा प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरु गरि करिब एक सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीकातर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालक समितिका सदस्य इश्वर कुमार कार्कीबाट उपस्थित सम्पूर्ण कर्मचारी तथा अभिर्कताहरुलाई आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न तथा व्यापार व्यावसाय वृद्धि गर्न प्रोत्साहित गर्नुको साथै उत्कृष्ट कर्मचारी तथा अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । 
साथै उक्त कार्यक्रममा उपस्थित अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीको योजना अनुसारको लक्ष्य प्राप्ती गर्न एक्येबद्वता समेत जनाएका थिए । कार्यक्रममा  अभिर्कताहरुको लागि विशेष किसिमको उत्प्ररेणात्मक कार्यक्रम कम्पनीले आयोजना गरेको थियो ।