बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ढुंगाले च्यापिदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ इन्जिनियरको मृत्यु

सोमबार, माघ १५ २०७४

काठमाडौं माघ, १५–
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत  चिनियाँ इन्जिनियर सुन लिङ लङको काम गरिरहेको अवस्थामा मृत्यु भएको हो 

सोमबार बिहान ११ बजेतिर बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय इन्जिनियर लङको ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेर  मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारी अनुसार इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदाल्याउँदै मृत्यु भएको हो ।