बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्थानीय निर्वाचन भएको १ बर्ष नपुग्दै ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन(सूचीसहित)

बिहिबार, माघ ११ २०७४

काठमाडौं माघ, ११–
स्थानीय निर्वाचन सम्पन्न भएको एक बर्ष पनि नपुग्दै ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन  गरिएको छ । मन्त्रिपरिषदले सम्बन्धित स्थानीय तहको निर्णय र सिफारिसका आधारमा  स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो ।

 स्थानीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र हेरफेर गरिएको जनाएको छ ।

मन्त्रालयखले जनाए अनुसार २३ वटा स्थानीय तहको नाम परिवर्तन भएको छ भने ३७ स्थानीय तहको केन्द्र परिवर्तन भएको छ ।  धेरैजनसो स्थानीय तहको नाम जातीय, सांस्कृतिक र नदी सभ्यताका आधारमा हेरफेर गरिएको पाइएको छ । हिमाली जिल्ला मनाङका ५ मध्ये ४ गाउँपालिकाको नाम परिवर्तन भएको छ । नाम परिवर्तन भएका गाउँपालिकामा ताप्लेजुङको याङवरक, धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि छन् । त्यस्तै सुनसरीको भोक्राहा, हरिनगर, सोलुखुम्बुको दूधकौशिका, खोटाङको लामिडाँडा, रामेछापको लिखु गाउँपालिको नाम पनि हेरफेर भएको छ ।

धादिङको नेत्रावती, नुवाकोटको मेघाङ, रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको नाम पनि परिवर्तन भएको छ । मनाङको नेस्याङ, नासोङ र नारफू गाउँपालिकाको नाम पनि हेरफेर भएको छ । मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र र दालोमे गाउँपालिकाको नाम पनि फेरिएको छ ।

त्यस्तै गोरखाको सुलिकोट, भीमसेन, रोल्पाको दुईखोली, सल्यानको कुमाख गाउँपालिकाको नाम हेरफेर भएको छ । सल्यानको ढोरचौर, जाजरकोटको त्रिवेणी नलगाड, बाजुराको पाण्डव गुफा र बझाङको काँडा गाउँपालिकाको नाम पनि फेरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सभाले नाम परिवर्तन गर्न सक्छ । यद्यपि,  नाम र केन्द्र फेर्ने निर्णयको अनुमोदन स्थानीय विकास मन्त्रालयले गर्छ ।