बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन आयोगले सार्वजनिक गर्यो राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता

आइतबार, माघ ७ २०७४

काठमाडौं माघ, ७–
माघ २४ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले  मतदाताको नामावली सार्वजनिक गरेको छ।

निर्वाचनमा प्रदेशसभाका सांसद साथै स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक प्रावधान छ। प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८–८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ गरी राष्ट्रियसभा ५९ सदस्यीय रहने छन् ।

राष्ट्रियसभामा स्थानीय तहका प्रमुख र उपप्रमुख १ हजार ५०६ जना र प्रदेश सांसद ५५० गरी २ हजार ५६ जना मतदाता रहनेछन्।