बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कारागारबाट भागे टिके डाँका

शुक्रबार, माघ ५ २०७४

काठमाडौं माघ, ५–
चोरी मुद्दामा सजाय काटिरहेका टिके डाँका भनेर चिनिने टिकाबहादुर थापा मगर  कारागारबाट भागेका छन् ।  गएराति  काठमाडौंको डिल्ली बजार कारागारबाट उनी भागेका हुन् । प्रहरीका अनुसार उनी कारागारको काँडेतार काटेर भागेका हुन् । 

उनी भागेपछि किन र कसरी भागे भनेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार कारागारभित्र कैदीको गणना गर्दा गल्ती भएको फाइदा उठाएर उनी भागेका हुन् ।

उनी काठमाडौंमा चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति भएको प्रहरीको भनाई ।