बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादीका विनाविभागीय मन्त्रीहरुले सामूहिक राजीनामा दिदै

बिहिबार, पुष २७ २०७४

काठमाडौं पुस, २७–
वर्तमान सरकारको गठवन्धनबाट माओवादी केन्द्रका मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।  माओवादी केन्द्रका उक नेताले जनाए अनुसार  विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरेका छन् ।

उनका अनुसार नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा सम्भवत आजै साँझ राजीनामा बुझाउने तयारी  भएको हो ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै  एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।