बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सर्वेच्चको आदेशमा पक्राउ परेका डा. गोविन्द केसीद्वारा प्रहरी बृत्तमै अनसन बस्ने उदघोष्

सोमबार, पुष २४ २०७४

काठमाडौं पुस, २४–
अनसन स्थलबाटै पक्राउ परेका डा. गोविन्द केसीले उनलाई पक्राउ गरेर राखिएको  सिंहदरबार बृत्तमा अनसन बसेका छन् । अनसन बस्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र प्रधानन्यायाधीश गोपाल पराजुली माफियाको डन भएको बताएका थिए । डा. केसीको यो अभिव्यक्ति सार्वजनिक भए लगत्तै उनको विरुद्ध अदालतमा मुद्दा परेको थियो ।  अदालतको मानहानी गरेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले डा. केसीलाई पक्राउ गर्न प्रहरीलार्इ आदेश दिएको थियो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी भोलि विहान ९ बजे उपस्थित गराउन आदेश दियो ।
अदालतको आदेश आएको तीन घन्टापछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डा. केसीलाई अनसन स्थलबाटै उठाएको हो ।

प्रहरीले पक्राउ पूर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेका डा। केसी ‘अदालतको फैसलालाई नमान्ने तर, कानुनी प्रक्रियालाई सम्मान गर्ने’ भन्दै प्रहरी टोलीसँगै जान तयार भए ।

डा. केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो ।