बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पदिय लोभले पार्टी एकतामा ढिलाई भएको झलनाथको खुलासा

शुक्रबार, पुष २१ २०७४

काठमाडौं पुस, २१–
पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका बरिष्ठ नेता झलनाथ खनालले पदको कारणले एमाले–माओवादी एकताले गति लिन नसकेको बताएका छन् ।  एक व्यक्ति एक पदकै कारण पार्टी एकता र प्रधानमन्त्रीको नाम टुंगो लगाउने प्रक्रियामा गाँठो परेको नेता खनालको भनाई छ । शुक्रबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले   पार्टी एकताको प्रक्रिया प्याकेजमै टुंग्याउने प्रयासमा आफूहरु रहेको समेत जानकारी गराए । 

उनले  भने, ‘एक व्यक्ति एक पद चाहिँ भन्न मात्र सजिलो, कार्यान्वयन गर्न गाह्रो रहेछ,’ खनालले थपे,  ‘अहिले पनि यसैमा गाँठो परेको छ । तर, जति नै गाँठो परे पनि फुकाइन्छ, सुपारी गाँठै भएपनि केही फरक पर्दैन ।’ उनको आशय आफ्नै पार्टीका अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैै हुन खोजेकाले प्रक्रिया अल्झिएको  भन्ने जस्तो रहेको थियो । 

खनालले पार्टी एकीकरणका विषयमा दोस्रो र तेस्रो तहका नेता पनि सक्रिय रहेकाले अझ राम्रो लक्षण देखिएको बताए ।