काठमाडौं पुस, २०–
नेपाली सिने जगतका महानायक राजेश हमाल हेटौडा जाने भएपछि यतिबेला हेटौडामा हमालकै चर्चा परिचर्चा व्यापक हुन थालेको छ । आउदो माघ ३ गते हुन लागेको हेटौडा एकेडेमी प्रालीको २० औ अभिभाबक भेलामा सहभागी हुनका लागि महानायक हेटौडा जाने कार्यक्रम तय भएको बताईएको छ । हेटौडा एकेडेमीको सञ्चालक समितिको अध्यक्ष समेत रहेका व्यवसायी अरुण सुमार्गीका अनुसार महानायक हमालले सो भेलामा उपस्थित विद्यार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ । व्यवसायी सुमार्गीका अनुसार हेटौडा ११ नवलपुरमा अबस्थित हेटौडा एकेडेमीको उक्त भेलामा महानायक हमाल बिशेष अतिथिको रुपमा उपस्थित हुन लागेका हुन् ।
आजको शिक्षाको बिषयमा विद्यार्थीलाई प्रेरणा मिल्ने खालको सम्बोधन गरिदिन आफूले हमाललाई अनुरोध गरेपछि उनले आफ्नो निम्तोलाई स्वीकार गरेको अध्यक्ष सुमार्गीको भनाई छ । हमालले कार्यक्रममा आउने बचन दिएपछि आफूहरुले कार्यक्रमको तय गरेको सुमार्गीले जानकारी गराए । उक्त कार्यक्रममा महानायकबाट हेटौडा एकेडेमीका विद्यार्थीहरुलाई आजको शिक्षाको बिषयमा स्पेशल कक्षा प्रदान गर्ने कार्यक्रम तय गरिएको एकेडमीका प्रार्चाय श्री कार्कीले जानकारी गराए । हेटौडा एकेडेमीको २० औ अभिभाबक भेला आगामी माघ ३ गते हुन गैरहेको छ । प्रार्चाय कार्कीका अनुसार अभिभाबक भेलामा सांस्कृतिक कार्यक्रम, पुरुस्कार वितरण कार्यक्रम, स्काउट र राष्ट्रिय सेवा दलको बिशेष प्रस्तुतीहरु रहेका छन् ।