बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन आयोग र सरकारविरुद्ध उत्रिए वाम गठवन्धनका भातृसंस्था, यस्ता छन् घोषित कार्यक्रम

बुधबार, पुष १९ २०७४

काठमाडौं पुस, १९–
वाम गठवन्धनका युवा भातृसंस्थाहरुले निर्वाचन आयोग र  सरकारविरुद्ध थप कार्यक्रम घोषणा गरेका छन् । 

आज बिहान ति संस्थाहरुको संयुक्त बैठक बसेर उक्त निर्णय गरेका हुन् । 
उनीहरुले  आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका हुन् । 

बैठकले गरेको निर्णयअनुसार बुधबार दिउँसो दुई बजे प्रदर्शनीमार्गबाट विरोध जुलुस निकालिने  तयारी गरिएको छ । जस अनुसार  अखिल क्रान्तिकारी, अनेरास्ववियु, वाईसीएल र युवा संघको सहभागीतामा भृकुटीमण्डपबाट रत्नपार्कसम्म प्रदर्शन गरिने छ ।

यसैगरी पुस २० गते इन्धनको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्दै ध्यानाकर्षणपत्र बुझाउने र २१ गते सार्बजनिक सडक बहस गर्ने कार्यक्रम पनि तय गरिएको छ ।