बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन आयोगको गतिबिधि प्रति एमालेको आक्रोश, आयोगको भूमिकामाथि आशंका

आइतबार, पुष १६ २०७४

काठमाडौं पुस, १६–
एमालेले निर्वाचन आयोगको भूमिका शंकास्पद रहेको बताएको छ । उसले प्राप्त ताजा जनादेश अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा आयोगले सरकारसँगै मिलेर  असहयोगी भूमिकामा प्रस्तुत गरिरहेको आरोप लगाएको छ । 

एमालेले आयोगले ‘कतैको दबाब’मा परेर प्रतिनिधिसभाको निर्वाचन परिणाम रोकेर राखेको शंका समेत गरेको छ । 

एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको जिकिर गरे । 

उनले आयोगको ढिलाई अचम्म लाग्दो रहेको टिप्प्णी गरे ।
नेता नेम्वाङले आयोग आफ्नो काममा अघि बढिसकेको थियो, त्यहाँका कर्मचारी संयन्त्रले प्रक्रिया बमोजिम सिटहरु बाँडफाँड लगायत सम्पूर्ण दस्ताबेज प्रमुख आयुक्त र आयुक्तहरुलाई ६ दिनअघि नै बुझाइसकेको  दाबी गरे । उनले  प्रश्न गरे तर, आयोगले किन रोक्यो ?’

नेम्वाङले समानुपातिक सिट वितरणसँगै सम्पूर्ण निर्वाचन परिणाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रपतिलाई बुझाउनुपर्नेमा आयोगले आलटाल गरिरहेको बताए । उनले भने(आयोगले किन यस्तो गरिरहेको छ रु जनताले प्रश्न उठाएका छन् । तत्काल प्रतिनिधिसभाको सबै परिणाम घोषणा गरेर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’  तर, निर्वाचन आयोगले 
 राष्ट्रियसभा निर्वाचनपछि मात्र समानुपातिक सिट बाँडफाँट गर्ने तयारी गरिरहेको बुझिएको छ ।