बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण

शुक्रबार, पुष १४ २०७४

 

काठमाडौं पुस, १४–
लामो समयको रस्साकस्सी पछि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् ।
शुक्रबार  प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङसँगको भेटघाट लगत्तै उनले अध्यादेश जारी गरेकी हुन् । 

दलहरुबीच एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो । कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो ।

तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्‍यो । अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन ।

तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ ।