काठमाडौ पुुस, १२–
पोखरा फाईनान्सले पुुस ३० गतेबाट नौ करोड ८३ लाख ६८ हजार दुुई सय ७४ रुपैयाँको हकप्रद सेयरको बिक्री गर्ने भएको छ । फाईनान्सले चुक्ता पुंजी ६५ करोड ५७ लाख ८८ हजार चार सय ९२ रुपैयाँको एक एक बराबर शुन्य दशमलव १५ को अनुपातमा नौ लाख ८३ हजार छ सय ८२ दसमलव ७४ कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।
एनआईबिएल क्यापिटल बिक्री प्रवन्र्धक रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री कार्य माघ ६ गतेसम्म रहने छ । हाल अधिकृत पुंजी ९४ करोड रुपैयाँ तथा जारी पुंजी ७५ करोड ७४ लाख ५६ हजार सात सय ६६ रुपैयाँ रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी ७५ करोड ४१ लाख ५६ हजार रुपैयाँ पुुग्ने छ ।