काठमाडौ पुुस, ४–
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कारोवार सञ्चालनको २५ औं बर्षमा प्रवेश गरेको छ । २५ औं वर्ष प्रवेश गरेको अवसरमा, देशको अग्रणी नीर्जीवन बीमा कम्पनीहरु मध्येको हिमालयनले आगामी वर्षहरुमा सामाजिक सेवा क्षेत्रमा योगदान प्रदान गर्ने तथा भविष्यमा गरिने कार्य सम्वन्धि लक्ष्यहरु घोषणा गरेको छ ।
यस वर्षको प्रारम्भमा यस कम्पनी नेपालकै पहिलो एक अर्व रुपैंया पूंजीकृत निर्जीवन बीमा कम्पनी भएको छ । सो अवसरमा कम्पनीका अध्यक्ष महेन्द«कृष्ण श्रेष्ठले कम्पनीको शुरुका दिन देखिनै भरपर्दो पुनर्बीमाको व्यबस्था गरि बिमितलाई बीमाकोे सुरक्षण प्रदान गर्दै आफ्नो प्रगतीपथमा लम्कीदै गरेको यस कम्पनीले रजत जयन्ती महोत्सव मनाउने क्रममा यहाँसम्म पूग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । विगत २४ वर्षको व्यवसायिक यात्रामा हामीले उत्पे्ररित, दक्ष तथा कुशल कर्मचारीहरुको साथ पाउंदा धेरै उपलब्धि हासिल गर्न सकेका छौं भन्ने कुराको प्रत्यक्ष अनुभव गरेका छौँ । यस अनुभवको कारण हामी आउँदो वर्षहरुमा यी क्षेत्रमा चिरस्थायी र अझ महत्वपूर्ण योगदान गर्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं, उनले भने ।
प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यले २५ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा अहिलेसम्म प्राप्त गरेका उपलब्धिका साथ रजत जयन्ती महोत्सव मनाउँदै छौँ र आगामी दिनहरुमा यस कम्पनीले सेवा प्रदान गर्न सक्ने व्यवसायिक तथा संस्थागत सामाजिक दायित्व निर्वाह गर्नकालागि हामी उत्सुक भएको बताएका छन् ।
कम्पनीले आफ्नो प्रगती तथा आफूले प्रदान गर्ने सेवाहरुको लागि दीर्घकालिन लक्ष्य लिएको छ । हिमालयन जनरल ईन्स्योरेन्सले आउने दिनहरुमा भरपर्दो बीमा व्यवशाय र बीमाको क्षेत्रमा प्रविधि र सामाजिक कल्याणलाई एकसाथ ल्याउने अग्रगामी प्रयासलाई निरन्तरता दिने उनको भनाई थियो ।