बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाले प्रचण्डलाई ५ बर्षसम्म प्रधानमन्त्री बन्न अफर राखेको अग्नि सापकोटाको खुलासा

सोमबार, पुष ३ २०७४

काठमाडौं पुस, –
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डलाई प्रधामन्त्री बन्न आग्रह गरेको खुलासा भएको छ । वाम गठवन्धनले नयाँ सरकार बनाउन सुविधाजनक बहुमत ल्याएको बेला एमाले अध्यक्ष केप ओली प्रधानमन्त्री बन्न निश्चत भैरहेकोबेला शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । निर्वाचन अघि गठवन्धन गरेर निर्वाचन लडेका एमाले र माओवादी पार्टी एकिकरणको तयारीमा रहेकाबेला प्रचण्डलाई प्रधानमन्त्रीको अफरले कतै गठवन्धन भित्र समस्या उत्पन्न हुने त हैन ? सोमबार माओवादी अध्यक्ष प्रचण्डले माओवादीको केन्द्रीय कार्यालय बैठकमा शेरबहादुर देउवाले ५ बर्षसम्मको लागि प्रधानमन्त्री बन्न अफर गरेको जानकारी गराएको माओवादी नेता अग्नि सापकोटाले वीवीसीलाई बताएका हुन् । नेता सापकोटाका अनुसार देउवाको उक्त अफरलाई आफूले ठाडै अस्वीकार गरेको प्रचण्डले बताएका हुन् । 
कुरालाई राम्ररी विशलेषण गर्ने हो भने देउवाले अफर राखेको तर, प्रचण्डले अस्वीकार गरेकोमा शंका देखिन्छ । यदि प्रचण्डले अस्वकिार गरेको तथा देउवाले अफर गरेको भए आईतबार वाम गठवन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्ड किन त्यो बिषयमा मौन रहे ? यी सबै कुरालाई बिचार गर्दा प्रचण्डको भूमिका निकै शंकास्पद देखिन्छ ।