बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल प्रहरीजस्तै संरचना बनाउन सशस्त्रमा बहस

सोमबार, पुष ३ २०७४

३ पुस, काठमाडौं–
अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ। यो खबर आजको नागरिकमा छ ।

अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर भएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै संरचना स्थापना गर्न कार्यालय र दरबन्दी बढाउन तीव्र लबिङ गरिरहेको छ।

नेपाल प्रहरीले शान्तिसुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आएको छ भने सशस्त्र बल सशस्त्र विद्रोह, सशस्त्र संघर्ष, आतंककारी गतिविधि, दंगा नियन्त्रण, सीमा सुरक्षा र उद्धारका लागि गठन गरिएको हो।

संविधानमा प्रदेश स्तरमा प्रहरीको व्यवस्था गरे पनि नेपाली सेना सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको संरचना केन्द्रीकृतनै हुने व्यवस्था गरेको छ।