काठमाडौं पुस, २–
एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकता तथा सरकारमा हुने सहभागिताबारे छलफल गर्न माओवादी केन्द्रले आन्तरिक छलफल सुरु गरेको छ ।
दुई पार्टीले आन्तरिक छलफल तिव्र बनाईरहेकोबेला माओवादी केन्द्रले सोमवार पार्टी केन्द्रीय कार्यलयको वैठक बोलाएको छ ।
वैठक सोमबार ३ बजे बस्ने माओवादीले जनाएको छ ।
एमाले र माओवादीले बामगठबन्धन बनाएर चुनावी तालमेल गरेका थिए ।
तालमेलसँगै उनीहरुले भविष्यमा पार्टी एकतासम्म जाने निर्णय गरेका थिए । तर, पार्टी एकताको धेरै विषय भने टुंगिन वाँकी छन् ।