काठमाडौ पुस, २–
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । गत शुक्रबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक लिमिटेडका बीच जनता बैंक लिमिटेडको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको हो ।
सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंक को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । जनता बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।