बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गच्छदार र चौधरीमा को अगाडी ? यस्तो पछिल्लो परिणाम

बुधबार, मंसिर २७ २०७४

२७ मंसिर, सुनसरी –
 प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये जितको छिनोफानो हुन बाँकी एकमात्र क्षेत्र सुनसरीको क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक बनिरहेको छ।

ताजा अवस्थामा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्। अघिल्लो मतगणनामा ४४ मतले पछि परेका गच्छदार पछिल्लो मतगणना अनुसार ३ सय ११ मतले अगाडि छन् ।

गच्छदारले ३४ हजार ३ सय ६२ मत ल्याएका छन् भने नेकपा एमालेकी भगवती चौधरीको ३४ हजार ५१ मत छ।