बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डले जन्मदिनमा अहिलेसम्म नपाएको उपहार पाए विजय, जन्मदिन र विजय उत्सव एकैसाथ मनाउदै प्रचण्ड

मंगलबार, मंसिर २६ २०७४

चितवन मंसिर, २६–
माओवादी अध्यक्ष प्रचण्डले ६४ औं जन्मदिनकै दिन चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा जित हाँसिल गरेका छन् । उनी  प्रतिनिधि सभाका लागी ९ हजारभन्दा बढी मतले विजयी भएका  हुन् । संयोग पनि कस्तो मिल्यो भने उनले जन्मदिनको खुशीयाली र विजयको खुशीयाली सँगै मनाउन पाए । 
कास्कीको ढिकुरपोखरीमा आजभन्दा ६४ वर्ष अघि जन्मिएका प्रचण्डले नेपाली राजनीतिमा उथलपुथलकारी परिवर्तनको नेतृत्व गरेका छन् । आज मंसिर २६ बाट ६३ वर्ष पुरा गरी ६४ वर्ष लागेका प्रचण्ड पछिल्लो बाव गठबन्धनका एक शिर्ष नेता समेत हुन् । आफ्नै गृहजिल्ला र क्षेत्रबाट पहिलोपटक चुनाव लडेर विजयी भएका  भएका हुन् ।