बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शरत सिंह भण्डारीले हराईदिए राष्ट्रपतिकी सम्धिनी

सोमबार, मंसिर २५ २०७४

२५ मंसिर, महोत्तरी– 
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारी महोत्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एका छन् ।

भण्डारीले ३० हजार ७२२ मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्व काङ्ग्रेस नेतृ किरण यादवले १३ हजार ९७४ मत ल्याइन् ।

यादव राष्ट्रपति विद्यादेवि भण्डारीकी सम्धिनी पनि हुन् ।

भण्डारी कुनै बेला नेपाली कांग्रेसका तराईको प्रभावशाली नेता मानिन्थे । तर, नेपाली कांग्रेस छाडेका नेता शरत सिंह भण्डारी अहिले राजपा अध्यक्ष मण्डलका सदस्य छन् ।