बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लज्जास्पद् हार हुने देखेपछि आजै प्रधानमन्त्रीबाट राजिनामा दिने देउवाको संकेत !

शुक्रबार, मंसिर २२ २०७४

काठमाण्डौ मंसिर, २२–
चौतर्फि पार्टी पराजयको नतिजा आउन थालेपछि कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीबाट राजिनामा दिने संकेत गरेको स्रोतको दाबी छ । पार्टीले पराजय भोग्ने निश्चत देखिएपछि पार्टी भित्र देउवाको आलोचना निकै बढेको छ । सभापति  देउवा संकटको भुमरीमा फस्ने निश्चित जस्तै बनेको छ । एकातिर भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले  सर्मनाक पराजय भोग्ने संकेत देखिएको  छ भने अर्को पार्टी भित्र अब उनले  नैतिक्ताको आधारमा सभापिितबाट राजिनामा दिनुपर्ने आबाजहरु उठ्न थालेका छन् ।  प्रारम्भीक मत परिणामले नेपाली कांग्रेस निकै कमजोर देखिएको छ । प्रारम्भिक मतपरिणाम कमजोर देखिएपछि  पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सामेत  सुरु भएको छ ।

केही नेताहरुले सभापति देउवाले पार्टीलाई दरिलो नेतृत्व प्रदान गर्न नसकेको भन्दै
 असन्तुष्टि  समेत व्यक्त गर्न थालिसकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमता कमजोर हुँदा चुनावमा लज्जास्पद नजिता आउने संकेत देखिएको भन्दै उनीहरु देउवाको नेतृत्व शैलिप्रति रुष्ट बनेका हुन् । 
पार्टीभित्रको संगठन बलियो बनाउन नसकेको र सरकारको नेतृत्व गर्दासमेत जनमत आकर्षित गर्न नसकेको आरोप देउवामाथि लगाइएको छ ।

कांग्रेसका एक नेताले  भने, “चुनाव हराएका कारण राजिनामा दिएर पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।” 

प्रारम्भीक नतिजा हेर्दा कांग्रेसले केही सिट मात्रै जित्ने र त्यसको जिम्मेवारी देउवाले लिुनपर्ने कतिपयको तर्क छ । पार्टीको पराजयप्रति जिम्मेवार बन्दै सभापति पदबाट राजिनामा दिनुपर्ने आवाज पार्टी भित्र उठ्न थालेको हो । कांग्रेसको नेतृत्व पूर्ण रुपमा असफल भएको नेताहरुको निष्कर्ष छ ।

पार्टी र सरकारको नेतृत्व गर्दा पनि जनतमाझ लोकप्रियता हासिल गर्न नसकेको आरोप देउवाको छ ।

पहिलो चरणको निर्वाचनको मतगणना हुँदै गर्दा कांग्रेसको अवस्था निकै कमजोर छ । अहिलेसम्मको अग्रतालाई हेर्दा कांग्रेस तेस्रो दल हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस तेस्रो दल भए पनि समानुपातिक मतका कारण कांग्रेस दोस्रो दल हुने सम्भावना छ ।