बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घुस लिँदालिँदै मालपोतका दुई कर्मचारी पक्राउ

सोमबार, मंसिर १८ २०७४

काठमाडौं मंसिर, १८–
कलंकीको मालपोत कार्यालयका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् ।   उनीहरुलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल छन् ।

उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।