बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेञ्चुरीले मंसिर २४ देखि अल्पाईन र सेतीको एकीकृत गाभेर कारोबार गर्ने

बिहिबार, मंसिर १४ २०७४

काठमाडौ मंसिर, १४–
सेञ्चुरी कर्मसियल बैकले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाईनान्सलाई प्राप्ती गरेर मंसिर २४ गतेबाट एकीकृत कारोवार गर्ने भएको छ । बैकका अनुसार प्राप्ती पश्चात सेञ्चुरी कर्मसियल बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोवार सुरु गर्न लागेको हो । 
एकीकृत कारोवारका लागि सेञ्चुरीले गत भदौ २३ गते, अल्पाईनले गत साउन १५ गते र सेतीले पनि गत साउन १६ गते बिशेष साधारण सभा सम्पन्न गरी प्राप्ती सम्वन्धी प्रस्ताव पारित गरेका थिए । 

सो पश्चात स्वीकृतीको लागि नेपाल राष्ट्र बैक पुुगेको सेञ्चुरीलाई राष्ट्र बैंकले यही मंसिर चार गते एकीकृत कारोवारका लागि स्वीकृती दिएको थियो । यसैगरी कम्पनी रजिष्टर्डको कार्यालयले पनि सेञ्चुरीलाई यही मंसिर ११ गते एकीकृत कारोवारको लागि स्वीकृती दिएको थियो ।
 दुुबै निकायको स्वीकृती पश्चात बैंकले एकीकृत कारोवारको मिती घोषणा गरेको बैंकले जानकारी दिएको छ ।