काठमाडौं मंसिर, १३–
काठमाडौंबाट अर्घाखाँची जादै गरेको यात्रुवाहक बस त्रिशुली नदिमा खसेको छ । बुधबार बिहान ९ः१५ बजे चितवनको फिस्लिङमा उक्त बस दुर्घटना हुँदा ६ जनाको ज्यान मृत्यु भएको छ ।
लु २ख २९१ नम्बरको बस दुर्घटना हुदा मृत्यु भएका कसैको पनि पनि सनाखत हुन सकेको छैन । बस त्रिशुलीमा पूर्ण रुपमा डुबेको छ । त्रिशुलीमा डुबेको बसबाट अहिलेसम्म १५ घाइतेको उद्धार गरिएको छ ।
बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनास्थलमा अहिे नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा उद्धारको लागि खटिएका छन् । अहिले घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बस पूर्ण रुपमा नदिमा डुबेकाले उद्धारमा समस्या परेको जनाएको छ ।