बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से पुनः सम्हालियो, १० अंकले बढ्दा ५७ करोड सेयर किनबेच

मंगलबार, मंसिर १२ २०७४

 
काठमाडौ मंसिर, १२–
नेप्से पुुनः सम्हालिएको छ । अघिल्लो दिन घटेको नेप्से आज १० दशमलव १२ अंकले बढेर १५ सय २३ दशमलव ८६ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि २ दशमलव ३२ अंकले बढेर ३ सय २१ दशमलव ४६ अंकमा पुुगेको छ । आज कुुल १ सय ६३ कम्पनीहरुको ४ हजार ८ सय ६२ वटा कारोबारमा ९ लाख ९९ हजार ६० कित्ता सेयर खरिद बिक्री  भएका छन् भने कारोबार रकम ५७ करोड २१ लाख ९९ हजार ७  सय ५७ रुपैयाँ पुुगेको छ । 
आज कुुल १० वटा समुहको कारोबार भएकोमा ७ वटा समुहको कारोबार बढेर २ वटा समुहको कारोबार सुचक घटेको छ भने ट्रेडिङ समुहको कारोबार सुचक स्थिर रहेको छ । बाणिज्य बैक समुहको सुचक ५ दशमवल ३ अंकले बढेर १३ सय ३ दशमलव १५ अंकमा पुगेकोमा १७ करोड ६१ लाख ५७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक ३२ दशमलव ५ अंकले बढेर २ हजार ४७ दशमलव २४ अंकमा पुुगेकोमा९ करोड २५ लाख ६१ हजार ८ सय रुपैयाँका सेयर किनबेच भएको छ । बिकास बैैक समुहको सुचक २ दशमलव ७४ अंकले बढेर १७ सय ६९ दशमलव ५४ अंकमा पुुगेकोमा २ करोड ४० लाख ४२ हजार ७ सय रुपैयाँको सेयर किनबेच भएको छ । 
होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचकमा पनि बढेका छन् । बीमा समुहको सुचक भने १४ दशमलव ८ अंंकले घटेर ८ हजार १६ दशमलव ६० अंकमा पुुगेकोमा ९ करोड ८५ लाख ४५ हजार ३ सय रुपैयाँको सेयर किनबेच भएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ मिसन डेभलपमेन्ट बैंक २७६ ७.८१
२ स्वदेशी लघुबित्त सस्था ३२५ ४.८४
३ कर्णाली बिकास बैैंक ३०३ ४.८३
४ युनाईटेड फाईनान्स २६१ ४.८३
५ कालिका माईक्रो क्रेडिट १८५० ४.६४
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य 
१ कुुवेर मर्चेन्ट फाईनान्स १८२ ३.२२
२ मञ्जुुश्री फाईनान्स १४१ २.७५
३ ओम डेभलपमेन्ट बैंक २६३ २.५९
४ हाम्रो बिकास बैंक १८८ २.५९
५ लुम्बिनी बिकास बैंक १९६ २.४८