काठमाडौ मंसिर, ११–
साताको पहिलो दिन उच्च अंकले बढेको नेप्से सुचक तथा कारोवार रकम आज सोमबार घटेका छन् । नेप्से आज शुन्य दशमलव ६ अंकले घटेर १५ सय १३ दशमलव ७४ अंकमा रहेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव शुन्य १ अंकले घटेर ३ सय १९ दशमलव १४ अंंकमा रहेको छ । कुुल १ सय ५९ कम्पनीहरुको ६ हजार १ सय २३ वटा कारोबारमा १२ लाख ६७ हजार १ सय ९७ कित्ता सेयर खरिद बिक्री बिक्री हुंदा कारोबार रकम ६५ करोड ७१ लाख १७ हजार ८ सय ४१ रुपैयाँ पुुगेको छ ।
आज कुुल नौ वटा समुहको कारोबार भएकोमा ६ वटा समुहको सुचक घटेर ३ वटाको सुचक बढेका छन् । बाणिज्य बैक समुहको सुचक १ दशमलव ३ अंकले घटेर १२ सय ९७ दशमलव ८५ अंकमा पुुगेकोमा २४ करोड ८९ लाख २८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक ४ दशमलव ९७ अंकले घटेर १७ सय ६६ दसमलव ८० अंकमा पुुगेकोमा २ करोड ८२ लाख ५४ हजार ६ सय रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक पनि ३२ दशमलव ५३ अंकले घटेर ८ हजार ३० दशमलव ६८ अंकमा पुुगेकोमा ११ करोड ७७ लाख ३६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक भने आज २४ दशमलव १ एक अंकले बढेर २ हजार १४ दशमलव १ अंकमा पुुगकोमा १२ करोड ३ लाख ४५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा आज टे«डिङ, होटल र लघुबित्त समुहको सुचक सामान्य अंकले घटेका छन् भने फाईनान्स र अन्य समुहको सुचक सामान्य अंकले बढेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ कालिका माईक्रो क्रेडिट डे. बैंक १७६५ ८.९५
२ सप्तकोशी डेभलपमेन्ट बैंक १७९ ६.५५
३ पुुर्णिमा बिकास बैंक ३०५ ५.१७
४ सानिमाई हाईड्रो पावर कम्पनी ५२२ ४.१७
५ एनएमबी माईक्रो फाईनान्स १८५५ ५.३६
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ राष्ट्रिय बीमा कम्पनी (संस्थापक) १४०५५ ६.३
२ एभरेष्ट बैंक (संस्थापक) ७४४ ५.१०
३ शाईन रेसुंगा डे. बैंक ४१० ४.८७
४ प्रोग्रेसिभ फाईनान्स २२७ ४.२१
५ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १६६ ३.४८