काठमाडौ मंसिर ८
नयाँ नेपाल लघुबित्तले २० प्रतिशत बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ । बैंकको शुुक्रबार बसेको सञ्चालक समितीको २ सय २१ औं बैठकले हाल कायम रहेको चुक्ता पुंजी २ करोड रुपैयाँको २० प्रतिशतको अनुपातमा ४० लाख रुपैयाँ बोनस सेयर बितरण गर्ने घोषणा गरेको हो ।
बैंकले कर प्रयोजनको लागि एक दशमलव ५ प्रतिशत अर्थात २ लाख ५ हजार ५ सय २६ रुपैयाँ नगद लाभांस बितरण गर्ने समेत घोषणा गरेको हो । उक्त घोषणा नेपाल राष्ट्र बैकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैकले जानकारी दिएको छ ।