काठमाडौ मंसिर, ६–
नेपाल बंगलादेश बैकका सञ्चालक समिती अध्यक्ष जलाल अहमदले नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियतको सपथ ग्रहण गरेका छन् । बैकको यही आईतबार सम्पन्न २३ औं बार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका अहमदले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुुन् ।
उक्त सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्दनाथ ढुंगेल सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । साथै सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष पनि चयन गरिएको छ ।