बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुरक्षा निकायलाई देउवाको निर्देशनः निर्वाचन बिरोधी नेकपाका नेता कार्यकर्तालाई तुरुन्त पक्राउ गर

सोमबार, मंसिर ४ २०७४

काठमाडौं मंसिर, ४–
निर्वाचनको सुरक्षाको बिषयलाई  लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायलाई सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् । उनले जनताले चाहेको उम्मेदवारलाई निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन सुरक्षा निकायलाई पुनः निर्देशन दिएका हुन् । 

 निर्वाचनविरोधि गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न समेत प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 
 आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधिलाई निरुत्साहित हुने गरी सुरक्षा व्यवस्थालाई सदृढ बनाउन पनि ढिलाई गर्न नहुनेमा जोड दिए । 
 गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले ‘चेन अफ कमान्ड’ भित्रै रहेर निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउन पनि सचेत गराए । 

उनले  निर्वाचनको सुरक्षा चुनौतिलाई सामना गरेर अघि बढने काममा सुरक्षा निकाय सफल भएको भन्दै सुरक्षाकर्मीको प्रशंसा समेत गरे ।