बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सोमबार बिहानै कांग्रेस उम्मेदवारको गाडीमा विष्फोट

सोमबार, मंसिर ४ २०७४

सिमरा मंसिर, ४–
सोमबार कांग्रेस उम्मेदवार चढ्ने गाडीमा बम विष्फोट भएको छ । बाराको  क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान  प्रेसर कुकर बम बम विस्फोट भएको हो । 

आज बिहान साढे ५ बजे भएको बम विष्फोटका कारण बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालयका सिमराका अनुसार सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको गाडीमा बम विस्फोट भएको  हो । प्रहरीले बम कसले विष्फोट गरायो भन्नेबारे अनुसन्धान भैरहेको जनाएको छ ।