बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छोरालाई झण्डा ओढाउदा मन थाम्न सकेनन् प्रचण्डले, अनुहारमा हेर्न नसकेर रोए

आइतबार, मंसिर ३ २०७४

 

काठमाडौं मंसिर, ३ –
एकमात्र छोरा गुमाउन पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोराको शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा अत्यन्तै पीडा महसूस गरेका छन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर अन्तिम श्रदान्जलीका लागि अहिले पेरिसडाँडामा राखिएको छ । प्रचण्डले छोर गुमाउदा अधिक सम्हालिन खोजेका छन् तर, उनले पीडा लुकाउन सकिरहेका छैनन् । सार्वजनिक रुपमा र घरमा उनले पीडा लुकाउने प्रयास गरे ता पनि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।   छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए ।

जब, प्रचण्डले आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउन खोजे उनी भावविह्ल बने । प्रचण्डले छोराको अनुहारमा  हेर्न नसकेर रोइरहे ।