काठमाडौं कात्तिक, ३०–
लक्ष्मी बैंकले एकै साथ दुई शाखा संचालनमा ल्याएको छ । बिहिबार कन्चनपुरको झलारी र कैलालीको बौनियाँमा एकै साथ दुई शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।
अब, लक्ष्मी बैंकको शाखा संजाल ७४, ३ हस्पिटल सेवा काउन्टर, ९५ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेका छन् । यी शाखाहरु संचालनसँगै बैंकले आफ्नो सेवा अझ सुदृढ तथा व्यापक बनाउने जनाएको छ ।
शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास समेत व्यक्त गरेको छ ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा फराकिलो पार्दै जाने लक्ष्य रहेको बैंकको भनाई छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको जनाएको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको बैंकले जनाएको छ ।
ऋाउदा दिनमा बैंकले दशैभर शाखा पुर्याउने लक्ष रहेको बैंकले जनाएको छ ।