बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनावकै मुखमा राष्ट्रपतिलाई यूएई भ्रमणको चटारो

आइतबार, कार्तिक २६ २०७४

 

२६ कात्तिक, काठमाडौं–
राष्ट्रपति विद्यादेवी भण्डारी चुनाव मुखमै युनाइटेड अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्कन लागेकी छन् । 

निवार्चनको एक साताअघि जम्बो टोलीका साथ उनी चारदिने भ्रमणमा जान लागेकी हुन् । टोलीमा राष्ट्रपति कार्यालयका १८ र परराष्ट्र मन्त्रालयका ७ गरी २५ जना हुनेछन् ।

संविधान जारी भएपछि देशमा हुन लागेको पहिलो निर्वाचनकै बेला राष्ट्रपति विदेश जान हतार गर्नुको कारणबारे राष्ट्रपति कार्यालय भने मौन छ । निर्वाचनपछि बन्ने संसदले नयाँ राष्ट्रपतिको चयन गर्दैछ । 

वर्तमान र अघिल्लो सरकारले दूतावास रहेका सबै मुलुकमा राजदूत नियुक्त गरे पनि यूएईमा लामो समयदेखि राजदूत छैनन् । कृष्णबहादुर महरा बिनाविभागीय भएपछि अहिले परराष्ट्रमन्त्रीसमेत छैनन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ, यसको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राजदूत र परराष्ट्रमन्त्री दुवै नभएका बेला राष्ट्रपतिको भ्रमण गराउन खोजिनुलाई परराष्ट्र मामिलाका ज्ञाताहरूले आश्चर्यका रूपमा हेरेका छन् ।

खाडी मुलुकबीच आपसमा कूटनीतिक द्वन्द्व र धु्रवीकरण भइरहेका बेला देशकै अभिभावकको भ्रमणले मुलुककै पक्षधरतासमेत झल्किने उनीहरूको भनाइ छ ।