बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसमा असन्तुष्ट फकाउ अभियान सुरु

आइतबार, कार्तिक २६ २०७४

२६ कात्तिक, काठमाडौं–
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएर अन्य पार्टीबाट चुनाव लडेर असन्तुष्ट बनेका कार्यकर्तालाई कांग्रेस नेता तथा उम्मेदवारले पुनः कांग्रेसमै फर्काउन कसरत सुरु गरेका छन् । 

स्थानीय तह निर्वाचनमा टिकट नपाएर अन्य पार्टिमागएका पुनः कांग्रेसमै फर्किदा जित सुनिश्चित हुने भएकाले कांग्रेसका उम्मेदवारले आ आफ्नो निर्वाचन क्षेत्रका असन्तुष्टलाई फर्काउने कार्यमा लागेको बताईएको छ । 

स्थानीय तहको  चुनावमा कांग्रेसबाट नगरपालिका, गाउँपालिकाको प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षको लागि टिकट नपाएर धेरै कांग्रेसका पुराना नेता तथा कार्यकर्ता असन्तुष्ट बनेर अन्य पार्टीमा प्रवेश गरी चुनाव लडेका थिए ।, यो खबर आजको  नागरिकमा छ ।