मोरङ कात्तिक, २३–
कांग्रेसका प्रभावशाली नेताको छवि बनाउन सफल डा. शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन कांग्रेस कार्यकर्ताले लविङ थालेका छन् । उनीहरुले कोइरालालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्न नेतृत्वसँग माग समेत गरेका छन् ।
आगामि मंसिर २१ गते हुने निर्वाचनमा कोइराला मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत बनेका छन् । विराटनगरका स्थानिय नेता कार्यकर्ताले कोइराला परिवारको विरासत जोगाउनका लागि पनि शेखरलाई प्रधानमन्त्री बनाउनु पर्नेमा जोड दिएको बताएका छन् । कोइराला परिवार भित्र पनि आफूलाई सि वर्गको कोइराला भन्न रुचाउने शेखरका लागि यो कति सम्भवको बिषय हो त्यो पनि एउटा महत्वपूर्ण पाटो हो ।
विराटनगरका स्थानिय नेता कार्यकर्ताले आफूहरु शेखर कोइरालाई अत्याधिक मतले बिजय गराउन लागिपरेको जानकारी गराए । उनीहरुले पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारे यो झनै सजिलो हुने बताउछन् । सुन्दर हरैचा नगरपालिकाका नगर सभापति चैतन्य सिटौलाले भने, ‘डा शेखरको मोरङ ६ बाट उम्मेदवारी पर्नु हाम्रो लागी गौरवको बिषयमा हो ।’
बुधबार सुन्दर हरैचा–५ को भिमचौरमा आयोजना गरिएको चुनावी सभामा बोल्दै कांग्रेसका नेता रमेशजंग रायमाझीले डा शेखरलाई भावी प्रधानमन्त्री बनाउनु पर्ने माग गरे । स्थानीय चुनावमा सुन्दर हरैचा नगरपालिकाबाट कांग्रेसले पाएको मत भन्दा ४ हजार बढी मत खसाल्ने उनको ठोकुवा छ ।
‘डा शेखरको पक्षमा जनलहर देखिएको छ’ महाधिवेशन प्रतिनिधि भक्ती सिटौलाले भने, ‘हाम्रो जनमतको कदर गर्दै उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा पार्टीले अघि सार्नुपर्छ ।’
मोरङको उत्तरी भेगमा पर्ने सुन्दर हरैचा भर्खरै मोरङ ६ मा गाभिएको नगरपालिका हो । यस नगरपालिकाको २ देखी ७ वडा क्षेत्र न ६ मा पर्दछ । स्थानीय चुनावमा वडा न ६ बाहेक सवै वडामा कांग्रेस विजय भएको हो ।
मोरङ ६ मा वुढीगंगा गाउँपालिका र विराटनगरको ४,५ ,६,७ ,९, ११ र १२ वडा पर्दछ । स्थानीय चुनावमा कांग्रेसले बामगठबन्धबाट भन्दा ४ हजार बढी मत पाएको थियो । तर, मोरङका स्थानिय नेता कार्यकर्ताले सोचें अनुसार शेखरलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सार्न कांग्रेसमा त्यति सजिलो अबस्था भने देखिदैन । शेखरलाई उम्मेदवार छान्ने संसदीय बोर्डमा स्थान दिन त कांग्रेसको नेतृत्वले आनाकानि गर्यो भने भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइहाल्छ भन्नु अलि छिटो हुन सक्छ । बुधबार विराटनगरमा स्थानिय नेता कार्यकर्ताले शेखरलाई भावी प्रधानमन्त्रीमा अघि सार्न दवाव दिएकै राति विविसीसँग कुरा गर्दै अर्का कोइराला जो कांग्रेसका महामन्त्री समेत रहेक डा. शशांकले पनि प्रधानमन्त्रीका लासिग आफू उपयुक्त पात्र भएको सार्वजनिक गरेका थिए । यो उनको शेखर कोइरालालाई जवाफ पनि हुनसक्छ । उनले शेखरको नामै नलिएर कांग्रेसमा रामचन्द्र दाई र म अब आउने प्रधानमन्त्रीको उपर्युक्त उम्मेदवार हो भनेका हुन् । केही समय पहिले तीन कोइराला(शेखर, शशांक, सुजाता) मिले भन्ने कुरालाई पनि खण्डन गर्न पुगेको हो कि भन्ने आशंका जन्माएको छ ।