बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उम्मेदवारको अन्तिम टुंगो लगाउने गरी एमाले बैठक बस्दै

मंगलबार, कार्तिक १४ २०७४

काठमाडौं, कात्तिक, १४–
आज उम्मेदवारको अन्तिम नाम टुंगो लगाउन एमाले बैठक बस्दैछ । एमालेले माओवादीसँग सहमति भैसकेका स्थानमा उम्मेदवारको टुंगो लगाउने तयारी गरेको एमालेका एक नेताले जनाए ।  

बैठक मंगलबार बिहान ११ बजेदेखि उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा बस्न लागेको हो । 

 एमाले ÷ माओवादी केन्द्रबीचको वाम गठबन्धनले  दैलेख, सुर्खेत, सल्यान, झापा र चितवनका केही क्षेत्रबाहेक अन्य क्षेत्रमा उम्मेदवार उठाउनेबारे सहमति जुटाईसकेको छ । 

तैपनि माओवादी र एमालेले आन्तरिक गृहकार्य नसकिएको भन्दै  पार्टीको तर्फबाट उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् । एमालेले सोमबार प्रदेश ७को   उम्मेदवारको अन्तिम टुंगो लगाएको छ भने  आज बाँकी सबै क्षेत्रका उम्मेदवार टुंग्याउने तयारीमा रहेको जनाएको छ । 
 प्रदेश ७ को उम्मेदवार सोमबार टुंगिएको भन्दै एमाले प्रचार विभाग सचिव विष्णु रिजालले आज  बिहान ११ बजे बस्ने बैठकले बाँकी सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाउने जनाए ।