बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शिखर इन्स्योरन्सले ३० प्रतिशत लाभांस दिने

मंगलबार, कार्तिक १४ २०७४

काठमाडौ कात्तिक, १४–
शिखर इन्स्योरेन्स कम्पनीले ३० दशमलव ५२ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीले गत आर्थिक बर्षको खुुद मुनाफा मध्येबाट २९ प्रतिशत अर्थात २३ करोड ७१ लाख २३ हजार आठ सय सात रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि एक दशलव ५२ प्रतिशत  अर्थात १ करोड २४ लाख ८० हजार दुुई सय रुपैयाँ सहित कुल २४ करोड ९६ लाख चार हजार सात रुपैयाँ लाभांस बितरण गर्ने घोषणा गरेको हो । 
लाभांस बितरण सम्वन्धी उक्त घोषणा बीमा समितीको स्वीकृती एवं कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । कम्पनीको हाल चुक्ता पुंजी ८१ करोड ७६ लाख ६८ हजार तीन सय रुपैयाँ रहेको छ ।