काठमाडौं, कात्तिक,१३–
आगामि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मंगलबार
घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मंगलबार मध्याह्न साढे १२ बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
कांग्रेसले वाम गठवन्धन बनाएर नेपालका कम्युनिष्टहरु निर्वाचन लड्न लागेकोबेला सार्वजनिक गर्न लागेको घोषणपत्र उत्कृष्ट हुने दाबी समेत गरेको छ । बाम गठबन्धनपछि एमाले माओवादीले एउटै घोषणापत्रबाट चुनाव लड्दैछन् । यद्यपि उनीहरुले औपचारिक कार्यक्रम मार्फत् घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् ।
यो पटकको आफ्नो चुनाव िनारा कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान राखिएको जनाएको छ ।