बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कास्की एमालेको उम्मेदवार चयनमा चरम असन्तुष्टि सार्वजनिक, नेपाल पक्षका कोई पनि सिफारिसमा परेनन्

आइतबार, कार्तिक १२ २०७४

पोखरा कात्तिक, –
निर्वाचन नजिकिदै गर्दा कास्की एमालेमा अन्तरविरोध छताछुल्ल हुन पुगेको छ ।
कास्की एमालेमा उम्मेदवार मनोनयन एकपक्षीय भएको भन्दै  अन्तरविरोध सार्वजनिक हुन पुगेको हो  ।

उम्मेदवार सिफारिसमा एमालेभित्रकै एक खेमालाई षड्यन्त्रपुर्वक  रोक लगाएको भन्दै एमाले स्थायी कमिटिमा उजुरी समेत परेको छ ।  

माधव नेपाल पक्षको ट्याग लागेका कतिपय बरिष्ठ नेताहरु कास्कीबाट वरिष्ठ  सिफारिससम्म परेका छैनन् ।   एमालेका पूराना नेता जो प्रदेशसभाका आकांक्षी थिए उनीहरुले केन्द्रमा उजुरी पठाएको थाहा भएको छ ।

कास्की एमालेका नेताहरु प्रदेशसभाका आंक्षी श्रीनाथ बराल, प्रतिनिधी सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुल बहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु बनबासी र पूण्य पौडेलले छुट्टाछुट्टै उजुरी  गरेको नेताहरुले बताएका छन् ।

 

कास्की एमालेले प्रजातान्त्रिक बिधि अपनाएर  उम्मेदवार सिफारिस गरेको जिकिर गरिरहदा  नेपाल पक्षले भने षड्यन्त्रपूर्वक आफुहरुलाई पाखा पारिएको आरोप लगाउदै आएको छ ।

एमालेको असन्तुष्ट पक्षले चरम पार्टीभित्रको सत्ताको चरम दुरुपयोग षड्यन्त्रपूर्वक आफूहरुलाई पाखा लगाएको बताएको छ । उनीहरुले संस्थापन पक्षको यस्तो हर्कतले पार्टीलाई गम्भिर क्षति पुग्ने चेतावनी समेत दिएका छन् ।

असन्तुष्टहरुले सुरुमा लोकतान्त्रिक पद्धति अपनाउने हुइया पिटेपनि अन्त्यमा आफूहरुलाई गुम्राहमा राखेर संस्थापन पक्षले पेल्न खोजेको आरोप लगाएका छन् ।
एमालेभित्र श्रीनाथ बराल, सीता गिरी वली, तुलबहादुर गुरुङ र विजयबाबु बनबासी नेपाल पक्षका मानिन्छन् भने पूण्य पौडेल बामदेव पक्षका रुपमा चिनिन्छन् ।

गुटगत आधारमा उम्मेदवार चयन गरेको कारण देखाउदै एमालेमा भुसको आगो सल्किसकेको एमालेकै नेताहरुले स्विकार समेत गरेका छन् ।   

सांसद वलीले उम्मेदवार सिफारिस भोटिङ मार्फत गरिएको भनिएपनि आफु चुनावी प्रक्रियामा सहभागीनै नभएको  प्रष्ट पारेकि छन् ।

एमाले कास्कीका नेता एवं सांसद तुल बहादुर गुरुङले असहमति जनाउँदा जनाउँदै संस्थापन पक्षले अटेर गरेको आरोप लगाए । उम्मेदवार सिफारिसकै दिन वली र गुरुङले निवेदन दिएर निर्णय सच्याउन माग गरेका थिए । तर, निवेदनको सुनुवाई नभएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

उता कास्की एमालेले प्रजातान्त्रिक पद्धतिबाट प्राप्त निर्वाचनको परिणाम नै केन्द्रमा पठाएको जिकिर गरेको छ ।
केन्द्रको निर्देशन अनुसारनै कम्तिमा एक महिला सहित ३÷३ जनाको नाम पठाएको उसको दाबी छ  ।  

कास्की एमालले भोटिङबाट पराजीत भएका नेताहरुले केन्द्रमा उजुरी गरेको जनाएको छ ।  ओली पक्ष हाबी रहेको कास्कीमा योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रम जस्तै यसपटक पनि मतदानमा पुर्‍याएको एमाले नेताहरु नै बताउँछन् । स्थानीय तहको चुनावमा पनि नेपाल पक्षधर नेताहरु मतदान प्रक्रियाबाट पराजीत भएका थिए ।

बराल प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (ख) बनबासी क्षेत्र नम्बर १ (क) गुरुङ क्षेत्र नम्बर २ (क) पौडेल क्षेत्र नम्बर ३ (ख) र वली प्रतिनिधीसभा सदस्य क्षेत्र नम्बर ३ का आकांक्षी थिए ।