बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

परिवारका ४ जना गुमाएका ८० वर्षे वृद्ध सोधिरहेछन्– छोराले फोन गर्‍यो ?

आइतबार, कार्तिक १२ २०७४

कात्तिक १२, राजविराज – छठको अर्घ समाप्तिपछि काठमाडौं जान हतारिएका सन्जितकुमार झा शुक्रबार दिउँसो नै विधुतीय रिक्सा चढेर राजविराज गए ।

निस्कने बेलामा सबै मान्यजनको खुट्टा ढोग्दै आर्शिवाद लिए र समय लिाएर आउने बाचा पनि गरे । 

तर शनिबार बिहान धादिङको त्रिशुलीमा बस दुर्घटनामा परेपछि उनीसहित परिवारका ४ सदस्यको निधन भयो ।

दुर्घटनामा ३५ बर्षीय सन्जित, उनका कान्छा भाई ३० बर्षीय अन्जित, सन्जितकी श्रीमती सिम्मी र सिन्जतका जेठा छोरा ८ बर्षीय अभिनवको निधन भएको छ । 

सिन्जताका कान्छा छोरा ८ बर्षीय प्रतीक बेपत्ता छन् ।

८० बर्षीय बुद्ध पिता पण्डित रमानाथलाई उनीहरुको निधन भएको जानकारी दिएको छैन । 

रमानाथ छोरा बुहारी काठमाडौं पुगेको फोन आउला भनेर कुरेर बसेका छन् । 

तिलाठीका वाडाध्यक्ष दिनेश मिश्रले भने, पण्डितजीको बुढेसकालको लौरो खोसियो, दैव बडो निष्ठुरी हुँदो रैछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।