बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लक्ष्मी बैंकको दुई नयाँ शाखाहरु ओखलढुङ्गा र फिदिम-पाचँथरमा

बुधबार, असोज २५ २०७४

काठमाडौ असोज २५
लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज ओखलढुङ्गाको, सिद्विचरण नगरपालीका  हुलाक डाडाँमा र पाचँथरको फिदिम¬मा दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैकंको यीे पहिलो शाखाहरु हो । संयुक्त राष्ट्र संघ पूँजी विकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति – बित्तमा पहँुच  परियोजना अन्तर्गत पूर्वाञ्चलका नौ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पु¥याउने योजना अन्तर्गत यी शाखहरुा सञ्चालन गरिएको छ ।
अब लक्ष्मी बैंकको शाखा संजाल ७१, ३ हस्पिटल सेवा काउन्टर, ९२ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापक बनाउने विश्वास राखेको छ । यि शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका सानातथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाहगर्नुका साथै वित्तीय सेवातथा सल्लाहप्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देश भरि विस्तार गर्ने लक्ष्य लिएको छ । 
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बंैक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शाषन संस्कार, जोखिम व्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ । 
बैंकले करिब सात सय भन्दा कर्मचारी मार्फत ३९ जिल्लामा आफ्नो सेवा पु¥याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवा प्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइलमनी) सेवा संचालन गरेको हो ।
बैकले आ.व. २०७३—०७४मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरी आफनो वासलातको आकार ७० अर्ब ९० करोड रुपैयाँ पुु्याएको छ । बैकले उक्त आवमा एक करोड रुपैयाँको हाराहारीमा खुुद मुनाफा आर्जन गरेको र उक्त नाफा अघिल्लो आवको तुुलनामा २७ प्रतिसत बढी भएको बैंकले जानकरी दिएको छ ।