असोज २५ , काठमाडौं – नेपाल निर्माण ब्यवसायी महासंघकामहासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे
मुलुकभर विकास निर्माणका काम बन्द गर्ने चेतावनी दिएका छन् ।
महासचिव देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए ।
उनले हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझ्ने जानकारी गराए । यो खबर आजको नागरिकमा छ ।