बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन आयोगले खोल्यो मुख, निर्वाचन सार्ने कुरा कल्पना समेत गर्न सकिदैन

मंगलबार, असोज २४ २०७४

काठमाडौं असोज, २४–
निर्वाचन आयोगले कुनै पनि हालतमा निर्वाचन नसर्ने बताएको छ । निर्वाचन सर्नेबारेमा बिभिन्न खाले समाचार सार्वजनिक हुन थालेपछि  निर्वाचन आयोगले मुख खोलेको आज मुख खोलेको हो  । आयोग प्रवक्ता नवराज ढकालले बजारमा आएका समचारहरुप्रति आयोगको समेत ध्यान गएको भन्दै निर्वाचन सर्ने कुनैपनि सम्भावना नभएको प्रष्ट्याएका हुन् । 
उनले  मंसिर १० र २१ का लागि आयोगले तयारी तीव्र पारिसकेकाले  मिति सर्ने बारे आयोगले कुनै कल्पना समेत गर्न नसक्ने जनाए ।  
प्रवक्ता ढकालले भने, ‘सरकारले दलहरुको सहमतिमै मिति तोकेर त्यहि अनुसार आयोगले आफ्नो काम गरिरहेको र तयारीलाई अन्तिम अवस्थामा ल्याएका वेला त्यस्तो निर्णय नहोला भन्ने लाग्छ ।’ 
उनले सवै दलहरुसमेत तोकिएकै मितिमा चुनाव गर्न लागि परेको भन्दै आफुले त्यस्तो सम्भावना नदेखेको दोहोर्याए । ढकालखलदे थपे, ‘ यदि त्यस्तै हो भनेपनि सरकारले आयोगसँग एकपटक परामर्श गर्नुपर्ने हुन्छ ।त्यसकारण अहिल्यै यसमा टिप्पणी गर्नु अनुपयुक्त हुन्छ ।’

प्रवक्ता ढकालका अनुसार कानुन त निर्वाचनको मिति तोक्ने वा परिवर्तन गर्ने अंग सरकार भएतापनि आयोगको सल्लाह समेत अपरिहार्य हुन्छ ।