बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्रस कलेक्सनमा पुराना रेकर्ड तोड्दै ‘छक्का पन्जा २’

आइतबार, असोज २२ २०७४

काठमाडौं असोज, २२–
यस बर्षकै बहुप्रतिक्षीत चलचित्र  ‘छक्का पन्जा २’ ले अहिले सम्मको  कलेक्सन रेकर्ड तोड्न सफल भएको छ । दशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्रले सोलो रिलिजको मौका पाउनु र लगातार ९ दिनसम्म दशैं विदा परेका कारण  प्रदर्शनको एक हप्तामै ७ करोड ग्रस कलेक्सन गरेको वितरकको भनाई छ ।
  यसको पहिलो भागले सय दिन मनाउँदै गर्दा १६ करोड कलेक्सन गरेको थियो । ‘छक्का पन्जा २’ अहिले आफ्नो पहिलो भागको कलेक्सन रिपोर्ट तोड्ने दौडमा छ । 
 
गएको बुधवारबाट दोस्रो हप्तामा प्रदर्शन भैरहेको यो फिल्मले दशैं विदामा राजधानीभित्र भन्दा मोफसलबाट सर्वाधिक कलेक्सन गरेको छ । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले ‘छक्का पन्जा २’ ले प्रदर्शनको ११ दिनमा देशभरबाट कुल १० करोड कलेक्सन गरेको जानकारी दिए । उनले भने, ुफिल्मले राजधानीमा भन्दा उपत्यका बाहिर उच्च कलेक्सन गरेको छ । दशैं मनाउन लाखौं दर्शक राजधानी बाहिर भएका कारण पनि मोफसलबाट फिल्मले ११ दिनमा ५ करोड ५० लाखको विजनेश गर्न सफल भयो । यस्तै राजधानीबाट फिल्मले प्रदर्शनको ११ दिनमा ४ करोड ५० लाख कलेक्सन गरेको छ । 
 

 
दीपाश्री निरौलाले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, वर्षा राउत, निश्चल बस्नेत, आयुष्मान देशराज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक–दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् ।