बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खड्काका बदमासी छताछुल्ल हुँदै, करोडौं असुलेर ट्यांकरलाई अनुमति

आइतबार, असोज २२ २०७४

असोज २२, काठमाडौँ – नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।

खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’ को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका हुन् ।

खड्कालाई बर्खास्त गरेपछि उनी पदमा रहँदा गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेको छ । खड्काको बर्खास्तपछि निगमका कार्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन ।

बर्खास्त गरे पनि निगमका तत्कालीन कार्यकारी निदेर्शक गोपाल खड्काले गरेका अनियमिततामाथि छानविन सुरु भएको छ । यो खबर आजको नागरिकमा छ ।