बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनसीसी बैंकको शाखा भक्तपुरको सूर्यविनायकमा

आइतबार, असोज ८ २०७४

काठमाडौ असोज, ८–
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले असोज ६ गते शुक्रवार भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका हुुन् ।
उक्त समुद्घाटन समारोहमा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष के.पी. अवाल तथा अतिथि भक्तपुर नगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष कुमार चौवालले एनसीसी बैंकको शाखा सूर्यविनायकमा संचालन भएकोले यहाँका व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग पुग्ने अपेक्षा गरेका थिए । साथै उक्त समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले सूर्यविनायकमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यापार व्यवसायमा टेवा पु¥याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराएका थिए ।
बैंक संचालक समितिका सदस्य तथा अन्य आमन्त्रित उद्यमी, व्यवसायी तथा बैंकका पदाधिकारीहरुको उपस्थितिमा उक्त शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ । साथै २०७४ आश्विन आठ गते आईतवार काठमाडौं महानगरपालिका, वडा नं. ६ रामहिटी, सिमलटारमा अर्को शाखाको समुद्घाटन गर्ने कार्यक्रम रहेको समेत बैंकले जानकारी गराएको छ ।