बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘सार्वजनिक शिक्षा २५ वर्ष पछाडि धकेलियो’

बिहिबार, असोज ५ २०७४

असोज ५, काठमाडौँ – सामुदायिक विद्यालय थप धराशायी बनाउने गरी शिक्षा ऐनको नवौं संशोधनप्रति आपत्ति जनाउँदै शिक्षाविद् केदारभक्त माथेमा र मनप्रसाद वाग्ले राष्ट्रिय उच्चस्तरीय शिक्षा आयाेगबाट बाहिरिएका छन् । 

सरकारले प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालयसम्मकै समग्र निति निर्माण, कार्यक्रम कार्यान्वयन तहको अध्ययन र विश्लेषण गरी मुलुकको शिक्षा नीति बनाउनका लागि सुझाव पेस गर्न भदौ १९ मा आयोग गठन गरेको थियो । 

शिक्षामन्त्रीको अध्यक्षमा रहेको आयोगमा ६५ सदस्य छन् । सदस्यहरुमध्ये शिक्षाविद्लाई समेटेर छुट्टै कार्यादल बनाईएको छ । यो खबर आजको कान्तिपुरमा छ ।